काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिलो बज्जिका महोत्सव हुँदै

2.94K
shares

स्थानीय मातृभाषा बज्जिकाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्लाहीमा पहिलो बज्जिका महोत्सव हुने भएको छ ।

मलङ्गवा नगरपालिका स्थापना दिवसका अवसरमा यही फागुन १७ गते पहिलो बज्जिका भाषा महोत्सव आयोजना गर्न तयारी थालिएको  नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए । यस क्षेत्रमा मातृभाषाका रूपमा बहुसङ्ख्यकले बज्जिका भाषा बोल्ने गर्दछन् । मधेश प्रदेशमा तेस्रो बढी बोल्ने मातृभाषाका रूपमा रहेको यस भाषाको संरक्षणका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बज्जिका साहित्य समाजका सचिव मुकेश मिश्रले बताए ।

बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहाले नगरपालिकाको आयोजना तथा साहित्य समाजको संयोजनमा आयोजना हुने महोत्सव यस भाषाको जगेर्नामा ऐतिहासिक हुने बताए ।

महोत्सव आयोजनाका लागि कार्यदल र सल्लाहकार समितिसमेत गठन गरिएको छ । कार्यदलको संयोजकमा समाजका अध्यक्ष रामचन्द्र कुशवाहा र सल्लाहकार समितिको संयोजकमा नगरप्रमुख यादव रहेको साहित्य समाजका सचिव मिश्रले बताए ।