जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का महसुस
वि.सं.२०८१ माघ ३० बुधवार १६:२४
shares

जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः३८ बजे जुम्लाको पातमारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बुधबार बिहान ११: ५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको थियो ।

























