global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गरेका छन । गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाएको अन्तिम व्यावसायिक गीत भनेर दाबी गरे । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उनको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भने । उनले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिए ।

गायक ढकालले ‘बाचुन्जेलीलाई’ लाई प्रत्यक्ष रुपमा गाउँदै भारत पुगेर गायिका मङ्गेशकरसँग गीत ‘रेकर्ड’ गर्दाको समयलाई स्मरण गरे। “गायिका मङ्गेशकरसम्म पुग्न सक्नुलाई भाग्यमानी ठान्छु । उनले मेरो गीत सुनेपछि गाउन तयार भए । उनले भने । उनले गीतका रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नु संसारभर रहेका गायिका मङ्गेशकरका समर्थकका लागि विशेष उपहार रहेको बताए ।

उक्त अवसरमा सात चित्रकारले गायिका मङ्गेशकरको विभिन्न समयको चित्र कोरेकी थिइन । कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजु सिंह, अभिनेता कृष्ण मल्ललगायत उपस्थित थिए । गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’लगायत गीत गाएका थिए। तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु