गृहपृष्ठ रौतहटमा एचपीभी खोप अभियान सुरु

रौतहटमा एचपीभी खोप अभियान सुरु

रौतहटमा एचपीभी खोप अभियान सुरु

रौतहटका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुई चरणमा लगाइने यो खोपको पहिलो चरणमा नौ वटा पालिकामा किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाईने छ ।

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा माघ २९ गते सम्म किसोरी लाई खोप कार्यक्रम शुभारम्भ गरिएको छ भने माघ ३० गते देखि फागुन ६ सम्म चल्ने दोस्रो चरणमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा एचपीभी खोप किशोरीलाई लगाइने जनाइएको छ ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु