गृहपृष्ठ ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’
‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आमकिसानको समस्या सम्बोधन गर्ने बताएको छ ।
किसान आयोगको आठांै स्थापना दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए। “अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ । यसमा सुधारका मन्त्रालयले काम गरिरहेको छ”, मन्त्री अधिकारीले भने ।
उनले हरेक नागरिकले आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प गर्नुपर्ने र यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । “कृषि उपजको उत्पादन बढाउने सबैतिरबाट प्रयास भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन”,मन्त्री अधिकारीले भने “अब विषादी न्यूनीकरण गर्नेतर्फ सबैले प्रयास गरौँ । आफ्नै उत्पादन उपभोग गर्ने सङ्कल्प गरौँ ।”
प्रकाशित समय : १९:१८ बजे