global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।

“राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ”, उनले भने । खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताए । दूग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सर्हाना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताए । उद्योगी–व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

“सरकारले नीति ल्याएर मात्र हुँदैन । सो प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्दछ । अर्थमन्त्रालय तथा सरोकार भएका निकायबीच समन्वय आवश्यक छ”, उनले भने । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उनेले जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उनेले बताए।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु