गृहपृष्ठ महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
दक्षिण कोरियाका राष्ट्रपतिलाइ पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ।
अन्तराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन् ।
सो प्रस्ताव पारित भएसँगै राष्ट्रपतिका धेरै अधिकार कटौती भए पनि पदमुक्त हुने वा नहुने भन्ने बिषय भने अब अदालतले निर्धारण गर्नेछ ।
सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा हप्ता लाग्न सक्ने दक्षिण कोरियाका संञ्चारमाध्यमले जनाएका छन । उनीहरूका अनुसार सो प्रस्ताव संसदवाट पारित भए पछि अब सो मुद्दा संवैधानिक अदालतमा लैजानु पर्नेछ ।
अदालतका ९ सदस्यीय परिषद मध्ये ६ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्ने छन्, नभए उनी पुनर्बहाली हुनेछन् । तर, बिपक्षी ६ दलको प्रयास, देशभरी भएका प्रदर्शन र सत्तारूढ दल भित्रै भएको बिद्रोहका कारण पनि उनी अब पदमा रहि रहनेछन भन्ने कुनै ग्यारेन्टी नभएको जनाइएको छ । अन्ततः उनी पदमुक्त हुनेछन् ।
पद मुक्त भएको अवस्थामा ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनु पर्ने संबैधानिक ब्यवस्था छ ।
प्रकाशित समय : १४:५३ बजे



















