गृहपृष्ठ अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनलाइ लगायो महाअभियो
अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनलाइ लगायो महाअभियो
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ ।
दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासमा महाभियोग लगाएको हो ।
महाअभियोग पछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको छ । उनको सो कदम पछि देशभरी लाखौं संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।
एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको बिपक्षमा परेको थियो ।
मार्शल ल लगाउने उनको प्रयास बिरूद्द महाअभियोग लगाउने यसअघि प्रयास असफल भए पनि दोस्रो पटकमा भने संसदवाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।
मतदान प्रकिया सम्पन्न भए पछि सभामुख वू वोन–सिकले महाभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै अधिवेशनको समापन गरेका छन ।
‘हामी आशा गर्छौं कि तपाइँको वर्षको अन्त्य अब अलिकति खुशी हुनेछ र तपाइँका सबै रद्द गरिएका वर्ष अन्त उत्सवहरू पुनर्स्थापित हुनेछन्,’ उनले भने।
‘गणतन्त्र कोरियाको भविष्य र हाम्रो आशा जनताको हातमा छ, हाम्रो आशा बलियो छ। धेरै धेरै धन्यवाद,’ उनले सत्र समाप्त गर्दै भने।
अब संसदवाट महाअभियोग प्रस्ताव भएसँग राष्ट्रपतिको अधिकार ८० प्रतिशतले कटौती भएको छ ।
सो प्रस्ताव पारित भए पनि उनी पदमुक्त भने हुन्नन । त्यसका लागि संबैधानिक अदालतले पनि अनुमोदन गर्नु पर्नेछ । जहाँ रहेका ९ न्यायधिस मध्ये कम्तिमा ६ जनाले संसदबाट पारित भएको महाअभियोगको पक्षमा उभिनु पर्ने संबैधानिक ब्यवस्था छ ।
प्रकाशित समय : १४:४० बजे



















