global ime bank Long Banner Ad

गृहपृष्ठ पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ ।

एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ ।

पीआईएको संयुक्त राज्यका उडानहरू सन् २०१७ मा निलम्बन गरिएको थियो ।

सरकारले तीनवटा विद्युत वितरण कम्पनीसहित पीआईएको निजीकरण वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने योजना रहेको बताए ।

प्रारम्भमा अक्टोबर १ सम्ममा टुङ्ग्याउने गरी निजीकरण प्रक्रिया चलिरहेको नागरिक उड्डयनले जनाएको छ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु