global ime bank Long Banner Ad

गृहपृष्ठ सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन। उनले विष्णु प्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे।

रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरू भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३/अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य २/अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन/पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे। रमेश अधिकारी र दिनेश प्रजापतिले १-ओभर ६९ को स्कोर निकाले। उनीहरू सातौं स्थान रहेका छन।

यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्त राज गुरूङ तथा एमेच्योरद्वय ज्ञान बहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरुपमा नवौं स्थानमा रहे।

रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे।

विष्णुले पहिलो र सातौं होलमा एक/एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं र १३औं होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।

डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ खेले। यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे।

एमेच्योर सदभावले सुरूवात राम्रो गर्न सकेनन। पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो, पाँचौं, छैटौं र नबौं होलमा एक/एक सट खेर फाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे। १०औं, ११औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन। उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागीता रहेको छ। कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु