global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा भूपेन्द्रलाई दुई पदक

अमेरिकामा भूपेन्द्रलाई दुई पदक

अमेरिकामा भूपेन्द्रलाई दुई पदक

नेपालका भूपेन्द्र गुरूङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।

नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा यही डिसेम्बर ८ तारिखमा न्यू टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जितेका हुन् ।

उनको व्यवस्थापकमा मनित गुरूङ रहेका छन् । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आटर्रस क्लबका करिब तीन सय ४७ खेलाडी सहभागी थिए ।

भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु