global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – स्थापना र सञ्चालन विधेयक, २०८१’ माथि छलफल प्रारम्भ भएको छ ।

राष्ट्रियसभाबाट गत माघ २३ गते पारित भएको सो विधेयकमा प्रतिनिधिसभाको समितिमा छलफलका लागि पठाइएको थियो । समितिको आजको बैठकमा विधेयकमाथि परेका संशोधन र विज्ञसमेतको सुझावका आधारमा विधेयकलाई परिस्कृत गर्न सदस्यहरूले जोड दिएका थिए ।

समितिमा भएको सैद्धान्तिक छलफलमा जवाफ दिँदै शिक्षा तथ खेलकुदमन्त्री सस्मित पोखरेलले सो विधेयकमा धेरै कुरा परमार्जन गर्न आवश्यक भएका सन्दर्भमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास दिलाए । उनले ‘डिएनए’ परीक्षण र यसलाई न्याय प्रक्रियामा लाने सवालमा हुनसक्ने समस्या र अन्तरविरोध कसरी हल गर्न सकिन्छ भनेर छलफल गर्नुपर्ने बताए ।

मन्त्री पोखरेलले विज्ञहरूसँग पनि छलफल गरेर विधेयकमाथि अधिकतम् संशोधनका लागि आवश्यक संशोधन र सहजीकरण गर्न आग्रह गरिन् ।

नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट नव स्थापित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हाल प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हालेको अवस्थामा समितिको सो छलफलमा शिक्षामन्त्री पोखरेल सहभागी भएका हुन् ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु