गृहपृष्ठ महासंघमा विधान संशोधन अध्यक्ष प्रत्यक्ष निर्वाचित
महासंघमा विधान संशोधन अध्यक्ष प्रत्यक्ष निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार बसेको विशेष साधारणसभाले विधान संशोधन भएको छ । यस साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने गरी विधान संशोधन भएको छ ।
नयाँ व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ ।
२ वर्षको लागि अध्यक्षको कार्यकाल हुने भएको छ । हाल महासंघको अध्यक्षले ३ वर्ष नेतृत्व सम्हाल्ने गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षे कार्यकाल लागू हुने गरी विधान संशोधन भएको हो ।
संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ ।
महासंघले एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई निरन्तरता दिएको छ । तर, वरिष्ठ उपाध्यक्ष भने निर्वाचनमार्फत् नभएर चयन कार्यकारिणी समितिले गर्नेछ । मंगलबारको विशेष साधारणसभाले जिल्लारनगर तर्फ २ जना उपाध्यक्ष रहने गरी बिधान संशोधन गरेको छ ।
२०८१ असार २४ गते बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको थियो । सोहीअनुसार आजका लागि विशेष साधारणसभा बोलाइएको थियो ।
महासंघमा वर्षौंदेखि गिजोलिएको विधान संशोधनको एजेण्डा बल्ल पास भएको हो ।
२०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् । त्यसयता विधान संशोधन हरेक अध्यक्षको एजेन्डा बन्दै आएको छ ।
महासंघको २०८० चैत २८ र २९ गतेको ५८ औं वार्षिक साधारणसभाले विधान संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
प्रकाशित समय : २०:०८ बजे



















