गृहपृष्ठ सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ ।
सोमबारको हवाई आक्रमणले राज्यको राजधानी अल–फसारबाट करिब १८० किलोमिटर पश्चिममा रहेको कबाबिया सहरमा सयौं मानिस घाइते भएका छन् ।
द्रुत सहायता बल (आरएसएफ) र सुडानको सेनाबीचको २० महिनाको युद्धले हजारौंको मृत्यु र लाखौं विस्थापित भएको छ ।
ुहवाई आक्रमण शहरको साप्ताहिक बजारको दिन भएको थियो । यहाँ नजिकैका विभिन्न गाउँहरूका बासिन्दाहरू किनमेल गर्न भेला भएका थिए, जसको परिणामस्वरूप १०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र महिला तथा बालबालिका सहित सयौं घाइते भए, वकिलहरूको समूहले जनाएको छ ।
प्रकाशित समय : २०:०० बजे


















