गृहपृष्ठ काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा
काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा
काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार सोमबार काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको हो। यो वर्षको हिउँदयाम सुरु भएयता काठमाडौंमा पहिलोपटक पानी परेको हो। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको हो।
मौसम महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भएको छ।
प्रकाशित समय : २१:१३ बजे


















