global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रबि लामिछाने माथी प्रहरी हिरासतमा प्रतिशोधपुर्ण ब्यावहारः प्रचण्ड

रबि लामिछाने माथी प्रहरी हिरासतमा प्रतिशोधपुर्ण ब्यावहारः प्रचण्ड

रबि लामिछाने माथी प्रहरी हिरासतमा प्रतिशोधपुर्ण ब्यावहारः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय गरेको जनाएका छन ।

सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाइ हिरासतमा गरिएको ब्यावहारनिरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन् ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु