global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उपनिर्वाचनः २०८१ मा विजय भएका उम्मेदवारहरुको विवरण

उपनिर्वाचनः २०८१ मा विजय भएका उम्मेदवारहरुको विवरण

उपनिर्वाचनः २०८१ मा विजय भएका उम्मेदवारहरुको विवरण

उपनिर्वाचनः उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाएको आयोगले जनाएको छ ।

उपनिर्वाचनः सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनः कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएको छ । आइतबार समपन्न आमनिर्वाचनमा एक हजार एक सय ५० मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे। साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए। साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत पाए ।

उपनिर्वाचनः हेटौंडा–१२ मा कांग्रेसका तिवारी बिजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिएको छ ।तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरेको छ ।विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएको थियो ।

उपनिर्वाचनः कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा एक हजार एक सय सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गरे ।
साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गरे ।

उपनिर्वाचनः नुवाकोटको ककनी(२ मा माओवादी केन्द्रका घिमिरे बिजयी
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएको छ ।
आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले ९तामाङ० २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरेको छ । साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एकरएक मत पाए ।
आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय ५५ ले मतदान गरेका थिए । जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनः तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी
तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा  चार सय ४० मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए।
लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त भएको छ ।
विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनः सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा आठ सय १६ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गरे ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनः सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा आठ सय १६ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गरे ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी
धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएको छ ।
आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेको छ ।

उपनिर्वाचनः स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएको छ ।
आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त भएको छ । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएको थियो । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित समय : ०५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु