global ime bank Long Banner Ad

गृहपृष्ठ प्रम ओली र राष्ट्रपति सीबिच भेटवार्ता हुने

प्रम ओली र राष्ट्रपति सीबिच भेटवार्ता हुने

प्रम ओली र राष्ट्रपति सीबिच भेटवार्ता हुने

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको चार दिनको औपचारिक चीन भ्रमण गर्ने भएको छ  नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गरेको छ  । कार्यसूची सार्वजनिकसँगै प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गदै छ । यही भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय भेटवार्ता हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको चार दिनको औपचारिक चीन भ्रमण हुन लागेको मन्त्रालयले बताएको छ । प्रधानमन्त्रीको चीन भ्रमण र राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्चस्तरमा भइरहेका दुई मन्त्रालयले प्रस्ट पारेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र लीबिच द्विपक्षीय भेटवार्ता हुने कार्यसूची छ । भेटवार्तामा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने त्यस्तै कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि छुट्टै भेटवार्ता हुने छ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा यो भ्रमण हुन लागेको जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्री ओलीको चारदिने भ्रमणका बारेमा जानकारी दिएको हो ।

प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । चीन सरकारको निमन्त्रणामा यस भ्रमणलाई महìवका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई तयारी स्वरूप परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीन पुगेको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहने छ । त्यस्तै प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा। आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहने जनाइएको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु