गृहपृष्ठ परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै, चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा. राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेको शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।सो अवसरमा बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछ ।
प्रकाशित समय : ०८:१५ बजे



















