काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुगुको लिब्रु गाउँमा पहिलो पटक पुग्यो गाडी

2.46K
shares

दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी पुगेको हो । सोरु गाउँपालिका मुगु मार्फत निमार्ण भएको सडक पहिलो पटक लिब्रु गाँउमा गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् ।

सोरुकोट सडक अन्तर्गत प्रदेश सरकारले सोरु गाउँपालिका मार्फत सोरुकोट मसिनमेला लिब्रु गाँउसम्मको सडक बिगत दुई वर्ष अगाडी देखिनै बिभिन्न दातृ निकायबाट करिब २ करोड रुपैयाँ बढी बजेट १३ किलोमिटर सडक निमार्ण कार्य पुरा भई लिब्रु गाँउसम्म गाडी पुगेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।

राष्ट्रिय सडक सन्जाल बाहेक अन्य गाँउ बस्तीबस्तीसम्म सडक सञ्जाल जोड्नको लागी सोरु गाउँपालिकाले सबै बस्तिहरुमा सडकको पहुँच पुर्याउन निर्माण कार्यलाई तिव्रता दिइएको छ । सोरु गाउँपालिकाको ९ वटै वडाका ५६ बस्ति मध्ये ५० वटा बस्तिमा सडक पहुँचमा पुगेको प्रमुख शाहीले भने बाँकि रहेका स्थानहरुमा चाँडै सडक सञ्जाल सँग जोड्ने उनले जानकारी गराए ।

सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक भारतमा गएपछि मात्र गाडी, सडक देख्न र चढ्न पाएका थियौं, अहिले आगनमैै गाडी पुगेपछि गज्जव भएको सोरु गाउँपालिका वडा नं ४ लिबु्र गाउँका स्थानीय बास्मति नेपालीले बताईन । गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्रा बाट दुई दिन लाग्थ्यो ।

गाडी गुड्न थालेपछि यो बाटो छोटिएको उनको भनाइ छ । सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशाबादी हुँदै भन्छन् अव यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए । यता सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार यो सडक निर्माण सम्पन्न भए पश्चात कर्णालीको अर्को प्रमुख सडक रुपमा हेरिएको कर्णाली करिडोरसँग जोडिदा विशेष गरेर हुम्ला र मुगुका स्थानीयलाई राहत भएको छ ।

लिबु्र सडकले हुम्लाका अदानचुली गाउँपालिका , सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाका नागरिकलाई सहज भएको बताएका छन् । स्थानीय तहका नागरिकहरु प्राय सरकारी तथा अन्य कामहरु गर्न , स्वास्थ्य उपचार लगायतका सेवा लिन मुगुका केही बस्ति र सोरुकोटमै पुग्न धेरै सास्ती भोग्नु परेको थियो अहिले सडक पुगे पछि सहजै रुपमा सेवा लिन पाउने बिश्वास गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच तामझामका साथ सडकलाई औपचारिक रुपमा उद्धघाटन गरि सञ्चालनमा ल्याईएको छ ।