global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बिडिसिए कपः थालिगाडा विजयी

बिडिसिए कपः थालिगाडा विजयी

बिडिसिए कपः थालिगाडा विजयी

बैतडीमा जारी २१औँं संस्करणको रेडियन्ट ग्यास बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थालिगाडा क्रिकेट क्लब विजयी भएको छ । थालिगडाले बर्तोली क्रिकेट क्लबलाई ५९ रनले हराउँदै विजयी भएको हो ।

जितका लागि पाएको दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको बर्तोलीले २५ ओभरमा एक सय ७१ रन मात्रै बनाउन सक्यो । नरेन्द्र भण्डारीले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यो पराजयसँगै बर्तोली प्रतियोगिताबाट बाहिरिएको छ । बर्तोलीको यो दोस्रो हार हो । यसअघि बुधबार पञ्चकोटी क्रिकेट क्लबसँग एक सय ४३ रनले पराजित भएको थियो । बर्तोलीका सन्दीप भण्डारीले ४ विकेट झारे ।

थालिगडाका मनोज ऐरीले ५ विकेट झारे । उनी म्यान अफ द म्याचसमेत चुनिएका छन् । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको थालिगाडाले २५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ३० रन बनायो । थालिगाडाका हरिस कार्की र नविन ठगुन्नाले अर्धशतक प्रहार गरे । हरिसले ५० र नविन ५४ रनमा अविजित रहे ।

बैतडी जिल्ला क्रिकेट सङघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको रूपमा समेत लिइएको छ । यही मङ्सिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर ३० गतेसम्म सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेल भइरहेका छन् ।

प्लेट च्याम्पियनसिप सम्पन्नपश्चात् मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेल सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । यो प्रतियोगिता पहिलोपटक ‘टर्फ पिच’मा भइरहेको छ ।

नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय  पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई  १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु