global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाले रविलाई सोधेर मात्र आन्दोलनका कार्यक्रम घोषणा गर्ने

रास्वपाले रविलाई सोधेर मात्र आन्दोलनका कार्यक्रम घोषणा गर्ने

रास्वपाले रविलाई सोधेर मात्र आन्दोलनका कार्यक्रम घोषणा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेसँग परामर्श गरेर मात्र आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाले कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको थियो । बैठकले आन्दोलनको कार्यक्रमबारे कुनै निर्णय गरेन ।

उपसभापति डीपी अर्यालले सभापति लामिछानेसँग भेटेर फर्किएपछि भोलि बैठक बस्ने र आन्दोलनको मोडालिटी तय गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् ।

लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सुरुमा सडक प्रदर्शन गरेको थियो । तर अदालतले लगातार म्याद थप गरेपछि पछिल्ला दिनमा सडक प्रदर्शन गरेको छैन ।

प्रकाशित समय : २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु