global ime bank Long Banner Ad

गृहपृष्ठ नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ

नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ

नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५६ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु