गृहपृष्ठ ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान
ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान
Photo:Rajan Kafle
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
प्रकाशित समय : १४:५९ बजे



















