global ime bank Long Banner Ad

गृहपृष्ठ सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन

सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन

सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन

सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन भएको छ । सोमबार यहाँ सम्पन्न भेलाले प्रजातन्त्र सेनानी रामकुमार यादवको सभापतित्वमा सङ्घ गठन गरेको हो ।

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवको प्रमुख आतिथ्यमा भएको भेलाले सङ्घको उपसभापतिमा मागैन साह, सचिवमा गोपाल साह तथा सदस्यहरुमा रमेश गजुरेल, अशोक साह, ओमप्रकाश साह, मोहम्मख समसुदिन, मायादेव चौधरी, जुगेश्वर यादव, गोविन्द ढकाल र सीमा झा चयन गरेको छ ।

त्यस अवसरमा नेत्री यादवले व्यवस्था परिवर्तनमा प्रजातन्त्र सेनानीको अतुलनीय भूमिका रहेको बताउँदै उनिहरूको सम्मान नेपाली कांगे्रसका साथै राज्यले पनि गर्नुपर्नेमा जोड दिइन।

 

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु