गृहपृष्ठ चिकित्सक सङ्घमा डा. नेपाल
चिकित्सक सङ्घमा डा. नेपाल
नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा. उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा. दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा. वसन्त शर्मा, कोषाध्यक्षमा डा. विवेक कँडेल र सह–कोषाध्यक्षमा डा. सञ्जय पौडेल सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा. प्रकाश खतिवडाले जानकारी दिए । सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
समितिको सदस्यहरुमा डा. सुरेशकुमार दीप, डा कृष्णप्रसाद रेग्मी, डा. पुष्पराज खनिया, डा. सुन्दर गौतम र डा. आविष्कार चापागाईं चयन भएको छ ।
प्रकाशित समय : १३:३४ बजे

















