गृहपृष्ठ नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मा विभिन्न नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ। नेपालमा यामाहाको उत्पादन दायरा विस्तार गर्ने क्रममा कम्पनीले एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क तथा आर १५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो।

पर्फर्मेन्स र स्पोर्टी राइडिङमा रुचि राख्ने ग्राहकलाई लक्षित गर्दै यामाहाले एरोक्स १५५ एस ल्याउन लागेको जनाएको छ। १५५ सीसी इन्जिन तथा कि–लेस फिचरसहितको यो स्कुटरले दैनिक प्रयोगसँगै स्पोर्टी राइडिङ अनुभव दिने कम्पनीको दाबी छ।

यस्तै, स्टाइल र आरामदायी यात्रालाई प्राथमिकता दिने ग्राहकका लागि फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्ट सार्वजनिक गरिने भएको छ। आकर्षक डिजाइन तथा हाइब्रिड प्रविधिसहितका यी स्कुटर दैनिक प्रयोगलाई लक्षित गरी तयार पारिएको कम्पनीले जनाएको छ।

यामाहाले आर सिरिजअन्तर्गत आर १५ एस र आर १५ एमलाई पनि नाडा अटो शोमा प्रस्तुत गर्नेछ। ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोटरसाइकलले स्पोर्टी डिजाइन, रोड प्रेजेन्स र राइडिङ अनुभवलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ।

नयाँ भेरियन्ट सार्वजनिक गर्ने विषयमा एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली राइडरको बदलिँदो आवश्यकता र रुचिअनुसार यामाहाले नयाँ उत्पादन ल्याइरहेको बताए। नाडा अटो शो नेपाली राइडर समुदायसँग जोडिने महत्वपूर्ण मञ्च भएको उनको भनाइ छ।

एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले पनि नेपाली राइडरको रुचिअनुसार उत्पादन विस्तारमा यामाहाले निरन्तर ध्यान दिँदै आएको बताए। नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्ट र आर १५ एसमार्फत पर्फर्मेन्स, स्टाइल र प्रविधिको संयोजन प्रस्तुत गर्न खोजिएको उनले बताए।

नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ मोडल आधिकारिक रूपमा सार्वजनिक गरिनेछन्। आगन्तुकले नयाँ उत्पादनलाई नजिकबाट अवलोकन गर्नुका साथै तिनका विशेषताबारे जानकारी लिन सक्नेछन्।

नाडामा यामाहाको ब्लू च्याम्बर TW8 र TW10 मा नयाँ मोडल अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु