गृहपृष्ठ महालक्ष्मी विकास बैंकको नाडा अटो शोमा सहभागिता, सवारी कर्जामा आकर्षक ब्याजदर
महालक्ष्मी विकास बैंकको नाडा अटो शोमा सहभागिता, सवारी कर्जामा आकर्षक ब्याजदर
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म आयोजना भइरहेको १८औँ नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ।
अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सवारी कर्जा तथा अटो लोनसम्बन्धी परामर्श, सहजीकरण र समन्वयको सेवा उपलब्ध गराइरहेको जनाएको छ। विकास बैंकमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गर्दै आएको बैंकले अटो शो अवधिभर आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।
बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत कायम रहेको छ। सोही आधार दरका आधारमा सवारी कर्जा लिन चाहने ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन इच्छुक ग्राहकले अटो शोको हल नम्बर ४ मा रहेको स्टल नम्बर ‘एन’ मा पुगेर बैंकका प्रतिनिधिसँग आवश्यक जानकारी लिन सक्नेछन्। बैंकले विद्युतीय सवारीसाधनसहित निजी तथा व्यावसायिक सवारी खरिदका लागि सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराइरहेको जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको नाडा अटो शो मुलुककै प्रमुख अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित छ। महालक्ष्मी विकास बैंकले पनि विकास बैंकहरूमध्ये नियमित रूपमा अटो शोमा सहभागिता जनाउँदै आएको छ।
ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्ज सुविधासहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई थप सहज र गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउनेमा जोड दिएको जनाएको छ।
प्रकाशित समय : १९:१४ बजे


















