गृहपृष्ठ रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह
रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढी नारायणी नदीको देवघाट पुगेको छ। बाढी बढ्दो क्रममा रहेकाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज भदौ १० गते दिउँसो ३ः२० बजे सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुगेको जनाएको हो।
महाशाखाका अनुसार बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले नारायणी नदीको आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले नदी छेउछाउका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रकाशित समय : १६:४७ बजे


















