काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा

3.28K
shares

सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठ पर्वको तयारी पूरा भएको छ ।

छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका हुन् । तराई मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमल पोखरी, मनोहरा र गोदावरी खोलामा छठ मनाउने तयारी पूरा गरेको हो ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दाबढी परिवारले छठ पर्व मनाउने गरी पोखरी सिँगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएको बताए ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि छठ पर्वको तयारी पूरा भएको बालकोट बस्दै आएका दशरथ ठाकरले जानकारी दिए । गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ दुई सयभन्दा बढी परिवारले छठ मनाउने तयारी पुरा गरेको जानकारी दिए।

रौनियारले भने, “तराई मधेसबाट बसाइँ सरेर आएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आएका जडीबुटीदेखि भक्तपुरसम्मका एक सय ५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौँ । छठ पर्वका लागि यहाँको पोखरी सिँगारेका छौँ, मूर्ति ल्याएर स्थापना गरेका छौँ । पोखरी झकिझकाउ भएका छन् ।”

सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिँगारिए पर्वको तयारी गरिएको छ । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले छठ पर्वलाई सहयोग गर्दै आएका छन् ।

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी)को उपासना गरी बिहीबार जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन भोली कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी शुक्रबार सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए ।