काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तिहारमा उपत्यकामा मात्रै २५ करोड रुपैयाँको फलफूल खपत हुने अनुमान

2.98K
shares

नेपाल फलफूल थोक व्यवसायी संघले तिहारको समयमा काठमाडौँ उपत्यकामा मात्रै २५ करोड रुपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरेको छ ।

गत असोजमा आएको अविरल वर्षापछि बाढीपहिरो र नाकामा असहज हुँदा धेरै फलफूल बिग्रिएको र तिहारको लागि अर्डर गरेको फलफूल अझै आइनसकेकाले अघिल्ला तिहारको तुलनामा भने कम खपत हुने संघको भनाई छ । यद्यपि देशभर करोडौँ रुपैयाँको फलफूल बिक्री हुने जनाइएको छ ।

अघिल्ला वर्षहरूको जस्तो तिहारमा फलफूल व्यापारको रौनक समेत नभएको संघका अध्यक्ष अमर बानियाँले बताए ।

अहिले बजारमा चीनबाट ल्याएको स्याउ अंगुर आँप हलुवावेद, भारतबाट सुन्तला, केरा, स्याउ, खर्बुजालगायत विभिन्न फलफूल आइरहेको संघले जनाएको छ । नेपालमै पनि पर्याप्त मात्रामा स्याउ र केरा उत्पादन भएको संघले जनाएको छ ।

चीनबाट स्याउ नआउँदा यस वर्ष मुस्ताङको स्याउले नसोचेको व्यापार गरिरहेको बानियाँले बताएका छन् ।