global ime bank Long Banner Ad

गृहपृष्ठ साउदी अरेबियाको रियाद उडे भौतिक पूर्वाधारमन्त्री दाहाल

साउदी अरेबियाको रियाद उडे भौतिक पूर्वाधारमन्त्री दाहाल

साउदी अरेबियाको रियाद उडे भौतिक पूर्वाधारमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् ।

सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।

मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि साउदी अरेबिया गएका छन् ।

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने कार्यक्रम छ ।

Tags : देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय साउदी अरेबिया

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु