काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘निजी क्षेत्रको सहभागिता बिना लगानी दशकले सार्थकता नपाउने’

3.26K
shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक सफल बनाउन सरकार, निजी क्षेत्र र साझेदारी संस्थाको समन्वय महत्वपूर्ण हुने बताएको छ ।

नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भूमिका’ विषयक गोष्ठीमा बोल्दै आज मन्त्री अधिकारीले निजी क्षेत्रको सहभागिता बिना लगानी दशकले सार्थकता नपाउने बताएको हो । कृषि उत्पादन खरिद बिक्री गर्न निजी क्षेत्रको लगानी अपरिहार्य रहेको भनाइ थियो ।

कृषि क्षेत्रमा सरकारको लगानी विगतका दशकमा वृद्धि भएको बताउँदै   “चालु आर्थिक वर्षमा बजेटको तीन प्रतिशत हाराहारीमा छ, यसलाई बढाउन आवश्यक छ । सरकारले कृषिमा अप्रत्यक्ष लगानी गरेको छ । यसले गर्दा कृषि उत्पादन बजारमा ल्याउन सहज भएको छ ।”

मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक निजी क्षेत्रका लागि लगानीको ठूलो अवसर भएको बताउँदै कृषि उत्पादन निर्यातका लागि सरकारले सहज वातावरण बनाउने प्रतिबद्धता जनाए । नेपाल चेम्बर अफ कमर्सका कृषि जडिबुटी तथा वनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा लगानी वृद्धि गर्न लगानी दशक महत्वपूर्ण हुने बताए । त्यसका लागि स्रोत जुटाउन कृषि मन्त्रालयले अझै सशक्त र बलियो आधार बनाएर लैजान सुझाव दिए ।

कृषि उद्यमी वसन्त रोक्काले सरकारले केही समय अघि विभिन्न नाकाबाट भित्रने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने नीति लिएको भए पनि त्यसलाई निरन्तरता दिन नसकेको गुनासो गरे ।

कार्यक्रममा सहभागी विभिन्न किसान सङ्घ संस्थाका प्रतिनिधिले सरकारले घोषणा गरेको लगानी दशकलाई सार्थक बनाउन सबैले लगानी गर्नुपर्नेमा जोड दिए । सरकारले विसं २०८१ देखि कृषि लगानी दशक घोषणा गरेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।