काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललितपुरमा सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर

3.59K
shares

चीनको युन्नान प्रान्तले नेपालको ललितपुर महानगरपालिकालाई सार्वजनिक कल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । यसमा सङ्घीय राजधानीमा पहिलो ‘युनिक्सोलार शावर स्टेसन’ नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर र छत फोटोभोल्टाइक परियोजना समावेश छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा चीनको युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलले महानगरपालिकाको वडा नं ३ लाई परियोजनाहरू हस्तान्तरण गरेको हो ।

युनिक्सोलार शावर स्टेसनमा सौर्य ऊर्जाबाट उत्पादित चार हजार लिटर तातो पानीको सुविधासहित निर्मित महिला र पुरुषका लागि तीन/तीन गरी छवटा स्नान कक्ष रहेका छन् । यो सामुदायिक स्नानघरले दैनिक कम्तीमा ८० देखि एक सय जनालाई स्नान गर्ने सुविधा प्रदान गर्ने दाबी गरिएको छ ।

यसका साथै, ‘रुफ फोटोभोल्टाइक’ परियोजनामा ३६ किलोवाट क्षमताको सोलार जडान गरिएको छ जसले वार्षिक लगभग ६० हजार किलोवाट घण्टा बिजुली उत्पादन गर्ने र समुदायलाई लामो समयसम्म हरित तथा निःशुल्क ऊर्जा प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकामा चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । परियोजनालाई उत्कृष्ट अत्याधुनिक सुविधा भनेर वर्णन गदै यसले स्थानीय बासिन्दालाई ठूलो फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विकास मोडेलमा आधारित यो परियोजना नेपाली जनताका लागि ठूलो महत्वको हुने बताए । चिनियाँ पक्ष नेपालका दुर्गम क्षेत्रहरूमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनाहरूमा सङ्लग्न रहेको उल्लेख गरे ।

काठमाडौँस्थित युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलका निर्देशक याङ चेनफेङले यसअघि नेपालमा नौवटा जीविकोपार्जन परियोजनाहरू कार्यान्वयन गरिसकेको जानकारी दिरे । यी दुई परियोजनाहरूले स्थानीय बासिन्दाहरूको जीवनस्तर सुधार गर्ने र सहरको गुणस्तरमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले यस परियोजनाले चिनियाँ विकासलाई प्रतिविम्बित गर्ने र अन्य स्थानहरूमा यस्तै अभ्यासहरू लागू गर्न नेपालका लागि ठूलो सिकाइ हुनसक्ने बताए ।