काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बझाङ उद्योग वाणिज्य सङ्घ महिला भलिबल कपको उपाधि शुक्लाफाँटालाई

3.13K
shares

बझाङ उद्योग वाणिज्य सङ्घ कप २०८१ महिला खुला भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले उचालेको छ ।

आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा बझाङ बित्थडचिर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटाले उपाधि उचालेको हो । शुक्लाफाँटाका टिम म्यानेजर बहादुर सिंह महराका अनुसार पहिलो सेट २५–२२, तेस्रो सेट २५–९ र चौथो सेट २५–१२ अङ्कले शुक्लाफाँटाको टिम विजयी भएको छ ।

बित्थचिरले दोस्रो सेट २५–८ अङ्कका साथ जितेको उनले जानकारी दिए । प्रतियोगिताको विजयी शुक्लाफाँटाले रु एक लाख दुई हजार ८१ नगद पुरुस्कार प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो बित्थडचिरले ५२ हजार ५१ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितमा तेस्रो हुनेलाई २२ हजार ८१ र सान्त्वना प्राप्त गर्नेलाई पाँच हजार पाँच सय ८१ पुरस्कार प्रदान गरिएको छ । खेलाडीको अथक मिहिनेत र अनुशासनको प्रयासले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको महराले बताए।