काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद्पछि युद्धस्तरमा काम गरियोः प्रमुख भण्डारी

3.95K
shares

केही समयअघि मुलुकमा भएको बाढीपहिरोका घटनापछि खोज, उद्धार, राहत तथा पुनःनिर्माण युद्धस्तरमा भएकैकारण छोटो समयमै त्यसको परिणाम देखिएको स्थानीय तहका प्रमुखले दाबी गरेको छ ।

स्थानीय तहमा उपलब्ध स्रोतसाधानको अधिकतम सदुपयोग र राज्यका सवै समयन्त्रको एकीकृत साझा प्रयासमा छोटो अवधिमा मानवीय संवेदनाको पाटोलाई बुझि अधिकतम परिणाम दिने ढङ्गबाट कार्य सम्पादन गरिएको जिकिर गरे ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोपछिको विकराल अवस्थामा साझा प्रयत्न र भगिरथ प्रयासबाट खोज, उद्धार र राहतका प्रारम्भिक कार्य पूरा गरी एक साताभित्रै बत्ती, बाटो र सञ्चार सम्पर्क कायम गर्न सम्भव भएको जानकारी दिए ।

उनले भने, “खोजी, उद्धार र राहतमा जनप्रतिनिधि, सेना, प्रहरी र प्रशासन मिलेर तदारुकताकासाथ काम गरियो । यसमा कही कतै चुकिएको छैन, राहत पुगेन भनेको घरमा समेत दुई बोरा चामलसहित दाल, नुन र तेल पु-याइएको छ । अहिले सबै वडाको बाटो राम्रो छ ।”

नगरप्रमुख भण्डारीसँग राससका प्रतिनिधिले बाढीपहिरोपछिको खोज, उद्धार र राहत तथा अबरुद्ध सडक, विद्युत र सञ्चार सम्पर्क नियमितका लागि भएका प्रयासबारे गरिएको कुराकानीको सम्पादिन अशंः

हालैको बाढीपहिरोमा परी पनौती नगरपालिकामा एक विदेशीसहित १९ जना निधन भएको छ भने अर्का एकजना बेपत्ता।  पाँच सयभन्दा बढी घर बगाएको छ । अहिले धेरै  घरवारबिहीन छन् । पशुधन क्षति भएको छ । खेतीयोग्य जमीन बाढी र पहिराले कटान गरेको छ । नगरका १२ वटै वडामा क्षति पुगेको छ ।

खोला छेउका घरबस्ती खोलाले बगाएको छ भने अन्यन्त्रको पहिराले पुरेको छ । यसकारणबाट यस वर्षको दसैँ खल्लो भएको छ । धेरै नागरिक पीडामा रहेकाले दसैंमा तडकभडक नगर्न सवैलाई आह्वान गरिएको छ ।

हामीले पनि कसैलाई शुभकामना दिन सकिएन । बरु मृत्यप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ । बाढी प्रभावितलाई पुनर्बासको छिट्टै पहल गर्दैछौँ ।

हाम्रा अधिकांश बस्ती पाखा–पखेरामा छन् । त्यहाँ बाटो पु¥याउन कठिन छ । त्यस्ता बस्तीमा सडक लैजान हुन्छ कि हुन्न भनी यकिन गर्ने जनशक्तिको अभाव छ । डोजरको सहयोगमा ट्रयाक खालेपछि गाडी कुदाइ हाल्ने र किसानलाई दूध ओसार्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ । नगरभित्रै पनि कतिपय स्थान बस्ती बसाल्न योग्य देखिन्न ।

बसिरहेको स्थानबाट टाढा लैजादा आर्थिकोपार्जन नभएर जोखिम भएकै ठाँउमा फर्कने सम्भावना उत्तिकै रहन्छ । घर मात्र बनाइ दिएर रोजिरोटी चल्दैन । पुनर्बासमा सामाजिक र आर्थिक सम्भावनाका पाटोलाइ त्यतिकै ध्यान पु¥याउनुपर्छ । केहीदिनभित्रै जिल्ला रेडक्रसको सहयोगमा यस पक्षमा अध्ययन गरी योजना बनाउने सोचमा छौ ।

नगर क्षेत्रभित्र भएको प्रारम्भिक क्षति यकिन पाँच दिनभित्र गर्ने योजना बनाइदैछ । घरखेत, पशुधन र पन्छीको क्षतिको विवरण त्यसबाट प्राप्त हुने छ । नगरक्षेत्रभित्र २० वटा विद्यालय भवन र तीन वटा अस्पतालमा बाढीबाट आंशिक क्षति पुगेको छ ।

एकीकृत खानेपानीको सात किलोमिटर  पाइप बगाएको छ । त्यसबाट धुलिखेल र बनेपा नगरपालिका समेत प्रभावित भएको अवस्था छ ।

बाढीपहिरोपछि राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको छ । खाद्यन्न र तरकारी उत्पादनमा महत्वपूर्ण मानिएका रोशीका तटिय फाँटहरुमा कटान र डुबानबाट ठूलो नोक्सानी भएकोछ  । क्षतिको यकिन तथ्याङक आएपछि पुनःनिर्माण अघि बढाइन्छ ।

लगातारको वर्षाबाट सडक, सञ्चार र विद्युत् अबरुद्ध भएपछि सुरुमा  कहाँ के भइरहेको छ भनी अन्दाज नै गर्न सकिएन । बाटो अबरुद्ध भएकाले प्रारम्भमा कोसिस गरिएपनि क्षति र प्रभावित क्षेत्र पुग्न सकिएन ।

पानी मत्थरपछि सेना, प्रहरी, स्थानीय तहसँगको सहकार्यमा खोजी र उद्धारका कार्यलाई तीव्र तुल्याइयो । हराइएका व्यक्तिको खोजी र घाइतेलाई अस्पताल पु¥याउने कार्यलाई तीव्रता दिइयो । त्यो काम दुई दिनभित्रै गरियो । त्यसपछि लगत्तै राहत उपलब्ध गराउने कार्यमा लागियो ।

त्यो काम सकेर भत्किएका सडक, विद्युतका खम्बा र टेलिफोन मर्मतमा लागियो । केही दिनभित्रै १२ वटै वडाका सबै नाका सञ्चालनमा ल्याउन सफल भइयो । अहिले नगरपालिका पीडित र प्रभावित क्षेत्रका जनतालाई पुर्ववतअवस्थामा फर्काउने अभियानमा लागेको छ । राज्यले पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ । गर्छौ पनि ।