गृहपृष्ठ कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो
कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित प्राचीन कोटभैरव मन्दिरमा फूलपाती भित्राइएको छ ।
नेपालका बाइसे चौबीसे राज्यको समयदेखि पूजाआजा हुँदै आएको मन्दिरमा प्राचीन परम्परालाई निरन्तरता दिँदै फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए।
मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनमा विधिवत् घटस्थापना गरी नियमित चण्डी पाठ गरिनुुका साथै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीका तथा जमरा लगाउने गरिन्छ ।
फूलपातीका अवसरमा मन्दिरबाट फूलपातेलाई यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँमा खटाएर फूलपाती ल्याइसकेपछि बाजागाजाका साथ मन्दिरमा लगेर भित्राउने प्रचलन छ ।
मन्दिरमा आजै मध्यरातमा कालरात्री विशेष पूजा गरिने अध्यक्ष महतले जानकारी दिए।
प्रकाशित समय : २०:५४ बजे



















