गृहपृष्ठ भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ। ८६ वर्षीय टाटाको मुम्बईस्थित क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनलाई उच्च रक्तचापको समस्या थियो। सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष थिए। उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष बनेका थिए।
उनको निधनप्रति राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
प्रकाशित समय : ११:२८ बजे



















