गृहपृष्ठ भारत सरकारद्वारा दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण
भारत सरकारले दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनः स्थापना गर्न नेपालको पुनः निर्माण प्रयासमा सहयोग पुग्नेछ ।
३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साँझ हस्तान्तरण गरेको हो। प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।
प्रकाशित समय : ११:३६ बजे



















