गृहपृष्ठ चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ ।
सङ्गठनले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग माग गरेको छ ।
“सङ्घीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गर्ने दायित्वका रुपमा स्थानीय सरकारलाई सुम्पिएको सर्वविदितै छ । सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदानअनुसार स्थानीय तहले समयमा तलब भत्ता वितरण गर्नुपर्नेमा त्यसो नहुँदा शिक्षक र कर्मचारी मर्कामा परेका छन्”, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित समय : ११:२४ बजे



















