गृहपृष्ठ शेयर धितोकर्जामा नयाँ व्यवस्था, बैंकले नै सेयर बिक्री गरी असुलउपर गर्न सक्ने

शेयर धितोकर्जामा नयाँ व्यवस्था, बैंकले नै सेयर बिक्री गरी असुलउपर गर्न सक्ने

शेयर धितोकर्जामा नयाँ व्यवस्था, बैंकले नै सेयर बिक्री गरी असुलउपर गर्न सक्ने

नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज मंगलबार एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

जस अनुसार अब शेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था बैंकहरुले गर्नु पर्ने छ।

एकिकृत निर्देशनमा भनिएको छ ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ ।

इजाजतपत्रप्राप्त संस्थाले margin call गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । Margin Call गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।’

अन्य व्यवस्था यस अघि नै रहे पनि ” इजाजतपत्रप्राप्त संस्थाले margin call गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ” भन्ने व्यवस्था अहिले थपिएको हो ।

 

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु