global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

कामना सेवा विकास बैंकले बुद्ध प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयर टिकटको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन ।

साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्वन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

कामना सेवा विकास बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा आकर्षक छुट पाउने

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु