global ime bank Long Banner Ad

गृहपृष्ठ विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सजगता सम्बन्धमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सजगता सम्बन्धमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सजगता सम्बन्धमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण तपाईंले अझै पनिकस्ट भोगिरहनुपरेको छ । एउटा संकटबाट पार पाए पनि हामीले बाढी पहिरोका कारण सिर्जित संकटको चुनौतीबाट पार पाइ सकेका छैनौं ।

हामीले विपद्का समयमा घाइतेहरुको निःशुल्क उपचारको प्रयत्न गर्यौं । तर, अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौं । नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक हरेक प्रयत्नहरुमा हामी तपाईंको साथमा छौं ।

अहिले विपद्पछि पानीका श्रोतमा हुने प्रदुषण र फोहोरका कारण झाडापखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापानिज इन्सेफलाइटिस्जस्ता संक्रमणको सिकार तपाईं हुन नपरोस् भनेर हामीले सचेतना र आवश्यक शुद्धिकरण तथा सरसफाइका सामग्री विपद्प्रभावित तपाईंको क्षेत्रलाई प्राथमिकता दिएर पठाएका छौं ।

तपाईंको ठाउँमा ती सामग्री पुगेको छैन वा तपाईंलाई कुनै आपतकालीन सहायता आवश्यक छ भने स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु । हामी तपाईंलाई यथासम्भव सघाउन तत्पर छौं ।

तीनै तहका सरकारको सहकार्यमा हामीले तपाईंलाई सकेसम्म स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न गरिरहेका छौं । कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म र संक्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन म हार्दिक अनुरोध गर्दछु । यसले अर्को ठूलो विपत्तिबाट तपाईं र देशलाई जोगाउने हाम्रो विश्वास र आशा छ ।

यस विपद्को घडीमा तमाम कठिनाइकाबीच आम नागरिकको सेवामा तल्लिन तमाम स्वास्थ्यकर्मी र स्वयंसेवीहरुमा म हृदयदेखि नै आभार प्रकट गर्दछु ।

 

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु