काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं उपत्यकासहित मध्य नेपालबाट बाहिरियो मनसुन

3.59K
shares

काठमाडौं उपत्यकासहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, लुम्बिनी र गण्डकीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट बहिर्गमन भएको छ।

सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने महाशाखाले जनाएको छ।