काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने

3.42K
shares

जम्मु कश्मिरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् ।

नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् । जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक अब्दुल्लाले यो घोषणा गरेका हुन् । उनले दश वर्षपछि जनताले जनादेश दिएको बताए । फारुक अब्दुल्लाले भनेका छन्-जनताले आफ्नो जनादेश दिएका छन् । उनीहरूले अगस्ट ५ ९धारा ३७० खारेज०० मा भएको निर्णयलाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गरेका छन् ।

कांग्रेस–नेसनल कन्फ्रेन्स गठबन्धनले कुल ९० सिटमध्ये ४९ सिटमा जित हासिल गरेको छ भने भाजपाले २९ सिट जितेको छ । त्यस्तै मेहबुबा मुफ्तीको पीपुल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० ले ३ सिट मात्र जितेको छ । उमर अब्दुल्लाह यसअघि सन् २००९ देखि २०१५ सम्म मुख्यमन्त्री थिए ।