global ime bank Long Banner Ad

गृहपृष्ठ आगामी साउनदेखि बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

आगामी साउनदेखि बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

आगामी साउनदेखि बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस-१७) पूर्ण रूपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरूसँग विभिन्न छलफल कार्यक्रमहरू भएका छन् ।

बुधबार नेपाल बिमा प्राधिकरणको आयोजनामा एनएफआरएस-१७ कार्यान्वयनका लागि आवश्यक तयारीलगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको एनएफआरएस-१७ को सम्बन्धमा बिमा कम्पनीहरूले गर्नुपर्ने तयारी, लेखासम्बन्धी नियामक निकायको भूमिका, जनशक्ति तथा नवीनतम प्रविधिको प्रयोगलगायत विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले आगामी साउनदेखि एनएफआरएस–१७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष प्रवीणकुमार झाले बिमा क्षेत्रमा एनएफआरएस-१७ कार्यान्वयनका लागि आईक्यानबाट सूचना आदानप्रदानलगायत पूर्णरूपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

लेखा परीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखा परीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु