गृहपृष्ठ संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी
संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी
संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनीसँगै कार्यक्रममा सरकारका अन्य मन्त्रीहरू पनि सहभागी भए ।
कन्सर्टमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे । प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।
नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरे । उनी उपस्थिति हुँदा ‘गाउँ गाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो ।
प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।
प्रकाशित समय : २१:२५ बजे

















