global ime bank Long Banner Ad

गृहपृष्ठ ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दुबै कुशल र दीपेन्द्र बेन्चमा

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दुबै कुशल र दीपेन्द्र बेन्चमा

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दुबै कुशल र दीपेन्द्र बेन्चमा

नेपालले आईसीसी विश्वकप लिग-२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ ।

नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ ।

नेपालको प्लेइङ–११ मा अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

 

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु