global ime bank Long Banner Ad

गृहपृष्ठ रुसी मिडिया च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

रुसी मिडिया च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

रुसी मिडिया च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भनेर वर्णन गरेका छन् ।

आरटी रूसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो, जसले गोप्य रूपमा संयुक्त राज्यमा लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको छ, अमेरिकाले प्रतिबन्ध लगाउदै भनेको छ । रूसी सरकारले साइबर सञ्चालन क्षमताहरू र रूसी गुप्तचरहरूसँग काम गर्ने एकाइलाई आरटी भित्र समावेश गरेको अमेरिकाको आरोप छ ।

आरटीले सोशल मिडिया प्लेटफर्म एक्समा एन्टोनी ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गरेको थियो र यसलाई अमेरिकाको पछिल्लो षड्यन्त्र भनेको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसमाथि प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन् । आरटीका कर्मचारी र यसको सम्पादक-इन-चीफ मार्गरिटा सिमोनियनलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा गत हप्ता प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु