गृहपृष्ठ प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक
प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् ।
मंगलबार बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको बताएपछि उनका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ६ लाख मात्र रहेका छन् । बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।
प्रकाशित समय : ०९:१९ बजे